२०८३ असार १९ गते, शुक्रबार १९:१३

बिपी पूँजीवादविरुद्ध डण्डी चलाउने नेता थिए : प्रो.आनन्दकुमार 

काठमाडौं । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का प्राध्यापक आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादका बिरुद्ध लडिरहेको बताएका छन्।

आइतबारदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. नगरमा शुरु भएको ‘बीपी साहित्य सम्मेलन –२०८०’को दोश्रो दिन माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्दै बीपीले पूँजीवादबिरुद्ध डण्डी चलाएको बताए ।

उनले पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरुले पूँजीवादमा पार्टी संचालन गरिरहेको बताए ।

‘लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ ।, जसले गर्दा भारतमा भन्दा नेपालमा एक स्टेप अघि रहेको छ’, प्रा.आनन्दकुमारले भने ।

जातिविहिन समाज समाजवादमा मात्र सम्भव हुने बताउँदै उनले उदाहरणका लागि प्रदीप गिरीको आश्रममा देखेको भन्दै उनले घरमा भान्से दलित समुदायको व्यक्ति राखेर देखाएको बताए ।

उनले राजनीतिमा दू्रत एक्सन र धैर्यता दुबै बीपीमा रहेको बताए । कार्यक्रमको शंकर तिवारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM