२०८३ असार १९ गते, शुक्रबार १९:२४

राष्ट्रिय बाल दिवसमा बाल विवाह तथा दाइजो प्रथा विरुद्ध सड़क नाटक, पण्डित दुबेद्वारा आपत्ति

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २९ भाद्र / राष्ट्रिय बाल दिवसको अवसरमा वीरगंज गहवा माइस्थान मन्दिर अगाडिको पार्कमा बाल विवाह तथा दाइजो प्रथा विरुद्ध सड़क नाटक प्रदर्शन गरिएको छ ।

वीरगंज महानगरपालिकाको आयोजनामा प्रदर्शन गरिएको सो सड़क नाटकमा बाल विवाहले सामाजिक र राष्ट्रिय कुरीतिको रुपमा जड़ो गाड्दा हुने शारीरिक, व्यक्तिगत र राष्ट्रिय क्षतिको बारेमा सचेतना फैलाउने प्रयास गरिएको थियो ।

वीरगंज महानगरपालिकाकी उप प्रमुख सुश्री शान्ति कार्कीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रमको उद्घाटन शत्रमा सामाजिक अभियन्ता एवं नेपाली काँग्रेसका युवा नेता दिलीप राज कार्कीले देशको भविष्यको कर्णाधार भनिएका बालबालिकालाई समाजले बेवास्ता गरेर भविष्यमाथि खेलवाड़ गरिरहेको आरोप लगाए । कार्कीले देशमा असल अगुवा, नेता, शासक, प्रशासकको चाहाना राख्ने हामीले बालबालिकालाई शुरू देखि नै संरक्षण गरि उनीहरुको उचित शिक्षा दीक्षामा जोड़ दिनु पर्ने बताउनु भयो ।

अरविन्द, राहुल, आकाश, प्रिया, किरण, बर्मा यादव, कमल गुप्ता, निर्मला, विवेक कुशवाहा, सुरज, रमाकान्त यादवलगायतका बालबालिकाले अभिनय गरेको सो सड़क नाटकले हाम्रो समाजमा हुने गरेको बाल विवाहको वास्तविक  अवस्था झल्काएकोमा आयोजक र अभिनय गर्ने सबै प्रति ब्राह्मण समाजका अगुवा ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेले धन्यवाद प्रतिक्रिया दिनु भयो ।

सोही नाटकमा देखाएको एउटा दृश्य जसमा पटक पटक विवाह गराउने ब्राह्मण पुरोहितलाई नै मुख्य दोषी देखाउने गरि नाटकमा प्रहरीको अभिनय गर्नेले दुर्व्यवहार गरेको दृश्य प्रति ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेले आपत्ति जनाउनु भयो । पंडित दुबेले बाल विवाह सामाजिक र कानूनको हिसाबले गलत भए पनि त्यसको पूरा दोष ब्राह्मण वा पुरोहितमाथि लगाउनु गलत भएको प्रतिक्रिया दिनु भयो ।

सो नाटकको उद्देश्य अत्ति नै पवित्र र सकारात्मक रहे तापनि ब्राह्मण समाजलाई लक्षित गरि आपत्तिजनक एवं उपहासपूर्ण अभिनयको मात्र उहाँले विरोध गर्नु भएको थियो ।

बाल विवाह समरोहमा सहभागी वर-वधु पक्ष, पंडित, जन्ति, लगायत सबैमाथि बाल विवाह विरुद्धको मुद्दा लाग्न सक्ने वर्तमान कानूनी व्यवस्था रहेको सन्देश सहित प्रदर्शित सो सड़क नाटकमा ज्योति साह, राहुल साहले लीड गरेका थिए  ।

सो समारोहमा लाइफ नेपाल एवं यूनिसेफ नेपालकी कंचन कोइराला, वीरगंज महानगरपालिका सामाजिक विकास शाखाका मुकेश गुप्ता, रेणुका दाहाल, समिता आलेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM