काठमाडौँ/नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा चुनाव हुने भएको छ । दोस्रो चरणको मतदान आज दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
पहिलो चरणमा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धी अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याउँदा दोस्रो चरणमा चुनाव हुने भएको हो ।
अञ्जनले कुल ३७.९९ प्रतिशत मतभार पाए भने उमेशलालले कुल ३१.५१ मतभार पाएका थिए । रामचन्द्रले ३०.४६ प्रतिशत मतभार पाएका छन् ।
योसँगै दोस्रो चरणको चुनावमा अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने भएको छ ।
- महासंघको इतिहासमा पहिलो पटक दोस्रो चरणको मतदान हुँदैछ ।