२०८३ जेष्ठ ४ गते, सोमबार १९:०४

प्रस्तावित प्रधान न्यायाधीश डा.शर्माविरुद्ध १६ उजुरी

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश डा‍. मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन् ।

समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा डा‍. शर्माविरुद्ध १६ उजुरी परेका सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माले रातोपाटीलाई जानकारी दिइन्।

संसदीय सुनुवाइ समितिको वैशाख २५ गते बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

उजुरी दिने समय आजसम्म थियो । समिति सचिवालयले उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिने व्यवस्था गरेको थियो ।

सिधै सचिवालयमा पुगेर पत्रमार्फत, सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर र ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिने व्यवस्था गरेको थियो ।

उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन भनिएको थियो । जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ । त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गरिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM