काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटल बाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि लगाइएको आरोप तथा पक्राउको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउपछि प्रसाईंलाई कहाँ राखिएको छ र अबको कानुनी प्रक्रिया के हुने भन्ने विषयमा समेत हालसम्म स्पष्ट विवरण प्राप्त हुन सकेको छैन।
यसैबीच प्रसाईलाई पक्राउ गरेको विरोधमा समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडी आगो बालेर प्रदर्शन गरेको बताइएको छ।















