काठमाडौँ/जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले जीर्ण अवस्थामा रहेको वीरगञ्ज कारागारको जीर्णोद्धारको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले शौचालयको अभाव रहेको, कैदीबन्दीले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मी तैनाथ हुने सुरक्षा पोष्टसमेत जीर्ण रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णाेद्धार गर्नुपर्ने स्पष्ट पारे।
वीरगञ्ज कारागार ९० वर्ष पुरानो कारागार हो। यसको जीर्णोद्धार तत्काल नगरे गम्भीर दुर्घटनामा हुनेतर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराए।