२०८३ बैशाख २५ गते, शुक्रबार ११:४५

“बीफ कबाब” बेच्ने प्रचार गरेपछि चिकेन स्टेशनका संचालक अरुण झा हिन्दू परिषदबाट निलम्बित

वीरगंज/ “रमदानको अवसरमा गाईको मासुबाट बनेको “बीफ कबाब १०%छुटमा” भनेर विज्ञापन गरेपछि चिकेन स्टेशन वीरगंजका संचालक अरुण झालाई हिन्दू परिषद नेपालको केन्द्रिय सदस्य पदबाट निलम्बन गरिएको छ।

हिन्दू परिषद नेपालका केन्द्रिय सचिव सुनिल गुप्ताले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै झालाई केन्द्रिय सदस्य समेत नरहने गरि निलम्बन गरिएको बताउनु भएको छ।

विज्ञप्तिमा भनिएको छ “हिन्दु परिषद नेपाल को केन्द्रिय सदस्य अरुण झा से संचालन गर्नु भएको “चिकेन स्टेशन” को सामाजिक संजालमा आएको गतिविधिले हिन्दूहरुको आस्थामाथि ठेस पुऱ्याएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । निज अरुण झा विवादमा तानिएपछि स्थानीय प्रशासनद्वारा छानबिन प्रक्रियामा रहेको बुझिएको छ। त्यसकारण यसमा हाम्रो परिषदको कुनै किसिमको संलग्नता नरहेको जानकारीको साथै हिन्दु परिषद नेपालको सचिवालय कमिटीको बैठकबाट निज अरुण झालाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको जानकारी समेत गराइन्छ।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM