२०८३ बैशाख २५ गते, शुक्रबार ११:४५

लोसपाबाट शरतसिंह भण्डारीलाई मन्त्री बनाउने निर्णय

काठमाडौं। लोकतान्त्रि समाजवादी पार्टी(लोसपा) ले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको उनको राजनीतिक सल्लाहाकार हरिबोल गजुरलले बताएका छन् ।

उक्त पार्टीका एक नेताले दिएको जानकारीअनुसार गठबन्धनबाट लोसपाले एक मन्त्रालय पाउने वचन पाएको छ । उक्त स्थानमा पार्टी वरिष्ठ नेता भण्डारीलाई मन्त्री बनाउने तयारी भएको उनले जानकारी दिए ।

लोसपाले ऊर्जा मन्त्रालय दाबी गरेको छ । ऊर्जा नपाए विकासे मन्त्रालयमा पार्टीको दाबी गर्ने उनले जानकारी दिए । लोसपासँग चार सांसद छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM