२०८३ बैशाख २८ गते, सोमबार २१:१४

सशस्त्रका प्रहरी निरीक्षक भट्टलाई दुई सय एक किलोको माला

वीरगंज/ सशस्त्र प्रहरीका इंस्पेक्टर रवीन्द्र भट्ट दुई सय एक किलोको मालाले अभिनन्दित भएका छन्।

वीरगंज भन्सारमा रहेको बोर्डर आउट पोस्टको प्रमुखको रुपमा कार्य गरेका सशस्त्र प्रहरी निरीक्षक भट्ट सरुवा भएर सशस्त्र प्रहरी प्रधान कार्यालय मानव संशाधन व्यवस्थान विभागमा सरुवा भएर जान लागेकोले उहाँलाई शनिवार वीरगंजमा नागरिक अभिनन्दन गरिएको हो ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख अतिथ्य एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले २०१ किलोको मालाले नागरिक अभिनन्दन सहित विदाई गरेको हो ।

गत साउन ३० गते सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट (बीओपी) वीरगन्ज भन्सारमा सरुवा भएका आउनुभएका भट्टको कार्यकाल अत्यन्त सहयोगी र सौहार्दपूर्ण रुपमा बितेको र उहाँको कार्यशैली नागरिकमैत्री भएकोले नागरिक अभिनन्दन गरिएको सहभागीहरुले बताए।

सरकारले सशस्त्र बिओपीहरुमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको दरबन्दी कायम गरेकोले छोटो समयमा नै सशस्त्र प्रहरी निरीक्षक भट्टको सरुवा भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM