२०८३ असार १३ गते, शनिबार २३:२७

जबर्जस्ती करणीको आरोपमा आलम पक्राउ

वीरगंज/जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका-१, धोरे सिघौलिया निवासी वडा नं. ४ बस्ने ३४ वर्षीय तवरेज देव आलम रहेका छन्।

प्रहरीका अनुसार असार १३ गते साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनी जबर्जस्ती करणी मुद्दामा फरार रहेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ परेका आलमलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM