२०८३ असार १३ गते, शनिबार २०:१२

रौतहटबाट विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ

रौतहट/जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्रहरी टोलीले चेक अनादर, कुटपिट तथा जालसाजी मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाएको हो।

पक्राउ परेकामध्ये दुर्गा सहनी, रामचन्द्र राय यादव, रामशंकर राय यादव, राकेश कुमार साह, विनोद कुमार अर्गेल तथा सुखाडी प्रसाद यादव रहेका छन्। उनीहरू रौतहटका विभिन्न स्थानीय तहका बासिन्दा हुन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि अदालतले तोकेको जरिवाना रकम कुल रु. ३ लाख ४० हजार रहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM