२०८३ बैशाख २८ गते, सोमबार १६:४०

प्रचण्डको क्याम्पमा तस्कर रून्चेको चुरीफुरी बढ्यो, भैरहवाबाट करोडौँको तस्करी शुरू

काठमाण्डौ/नेपालको विभिन्न नाकाहरूबाट निर्वाध तस्करीको धन्धा संचालन गर्न सक्ने हैसियत बनाएका वीरगंज महानगरपालिका वडा नम्बर १० मा बासोबास गरिरहेका मदन गुप्ता ऊर्फ रुन्चेको राष्ट्रियता पनि विवादित भएको पोल खुलेको छ।

अहिले भैरहवा बोर्डरबाट दिनहुँ ५ ट्रक कपड़ा नक्कली बिल बिजकको आधारमा भित्र्याईरहेका मदन गुप्तालाई अहिले राजस्व अनुसन्धान विभाग र बालुवाटारको बलियो साथ रहेको छ।

तस्करीको माध्यमले रुन्चे मदनले वीरगंज काठमाण्डौ लगायत मुलुकको विभिन्न ठाउँमा एक अरब भन्दा बढ़ीको सम्पत्ति जोड़ेका छन्।

केहि वर्ष अगाडी बुस्टर र डेलट्रोन रेडियो र स्टोभको केहि पिस तस्करी गर्ने मदन रुन्चे अहिले तस्करीको दुनियाँमा स्थापित नाम भएका छन्। भारत पूर्वी चम्पारण विशुनपूर्वाका मदन गुप्ताले बारा जिल्लाबाट नक्कली विवरण पेश गरि नागरिकता लिन सफल भएका छन्।

गृहमन्त्री समेत भैसकेका रवी लामिछानेको नागरिकतामाथि छानबीन हुन सक्ने मुलुकमा तस्करी गर्ने मदन रुन्चेहरूजस्तोको नागरिकतामाथि छानबीन किन अगाडी बढ्दैन? सोचनीय विषय बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM