२०८३ बैशाख ८ गते, मंगलवार ०९:५७

हुण्डीको १२ लाख रुपैयाँसहित एक पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडबाट १२ लाख हुण्डी रकमसहित एक जना पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका घर भई टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM