२०८३ बैशाख २८ गते, सोमबार २१:१६

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल चयन

काठमाडौँ। नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। बुधबार परिसंघको गभर्निङ काउन्सिल बैठकले वरिष्ठ उपाध्यक्षमा अग्रवालको नाम सर्वसम्मत चयन गरेको हो।

अग्रवाल हाल परिसंघमा उपाध्यक्षमा थिए भने वरिष्ठ उपाध्यक्ष छनौट गरिएको थिएन। उनी अबको दुई महिनाभित्रै परिसंघको अध्यक्ष बन्ने भएका छन्।

परिसंघ अध्यक्षको कार्यकाल २ वर्ष हुन्छ। हालका अध्यक्ष विष्णुकुमार अग्रवालले २०७८ साउनमा पदभार ग्रहण गरेका थिए। उनको कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ।

राजेशकुमार अग्रवाल आरएमसी ग्रुप डन्डी, सिमेन्ट, फलाम, खाद्य उद्योगका साथै बैंक तथा बीमा क्षेत्रमा आबद्ध छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM