२०८३ बैशाख २८ गते, सोमबार २१:१५

करोडौँ राजस्व हिनामिना गर्ने निरंजन अग्रवालको गोदाममा प्रहरीको छापा

वीरगंज/ करोडौँ रुपैयाँ बराबरको राजस्व हिनामिना गर्ने विवादास्पद व्यापारी निरंजन अग्रवालको गोदाममा प्रहरीले छापामारी गरि शिलबन्दी गरेको छ।

लामो समयदेखि राजस्व, भन्सार र प्रशासन समेतको आँखामा छारो हाल्दै अकूत सम्पत्ति जोड्न सफल भएका ब्यापारी निरंजन अग्रवालले राज्यलाई राजस्व छली गरेको यथेष्ट प्रमाण सहित शुक्रबार प्रहरीले छापामारी गरी शिलबंदी गरेको समाचार सार्वजनिक भएको छ।

सुक्ष्म र निष्पक्ष छानबीन भएमा वीरगंज भंसारका कैयौँ कर्मचारीहरको जागिर पनि धारापमा पर्ने दाबी गरिएको छ।

निरंजन अग्रवालले स्वीटमार्ट फूड इंडस्ट्रीजको नाममा मैग्सन फर्मास्युटिकल्स राजकोट भारतबाट कन्टेनर का कन्टेनर गम वेस झिकाएका छन्।

भंसार कर्मचारीको मिलेमतोमा उनले Halo – isobutene – isoprenerubber उल्लेख गरि ३०%राजस्व तिर्नुको साटो ४.७५%राजस्व र १३%भ्याट मात्र तिरी करोडौँको राजस्व चुहावट गरेको तथ्य घाम जस्तै छर्लंग छ।

निरंजन अग्रवालले झिकाएको चुइंगममा प्रयोग हुने पदार्थमा ३०%भंसार र १३ प्रतिशत भ्याट लाग्छ। सरकारलाई न्यूनतम भंसार दस्तूर तिरेर निरंजनले करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेका छन्।

प्रहरीको छापा र शिलबन्दीपछि अग्रवाल रंथनिएका अग्रवाल आफू गंगाजल भन्दा पवित्र र स्वच्छ रहेको दाबी गर्दै प्रहरीमाथि नै आर्थिक लाभको आरोप लगाएका छन्। उनले प्रहरीले व्यापारीलाई जबरजस्ती दुःख दिईरहेको प्रतिक्रिया दिएका छन्।

प्रशासन, न्यायालय, पत्रकार सबैसँग आफ्नो राम्रो समबन्ध रहेको तर केहि आफ्नै नजिकका मान्छेका कारण आफ्नो कम्पनीमा प्रहरीको छापा परेको समेत उनले भन्न भ्याए।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM