२०८३ बैशाख २५ गते, शुक्रबार १६:२६

संचारमाध्यमलाई सेवामूलक उद्योगसरह मान्यता दिईने

काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।

मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्।

उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताए। उनले आम सञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM