२०८१ चैत्र २० गते, बुधबार ११:५२

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

भन्सार कार्यालयमा अवैध गतिविधि नगर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। भन्सार कार्यालयहरूमा अनधिकृत गतिविधि नगर्न अर्थ मन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन्।

आज बिहीबार बिहान भन्सार विभागको कार्यालयमा भन्सारका व्यवसायीहरूसँग छलफल कार्यक्रममा त्यस्ता गतिविधि गर्नेहरूमाथि कडा निगरानी राख्न पनि उपप्रधानमन्त्री समेत रहेका पौडेलले निर्देशन दिएका हुन्।

राजनीतिक पहुँचका आधारमा भन्सारमा अनधिकृत गतिविधि भएको पाइएको अर्थमन्त्री पौडेलले बताएका थिए।

उक्त छलफलमा भन्सार कार्यालयका कर्मचारीहरूले भन्सारमा कर्मचारीमा छिटोछिटो सरुवा गरिँदा राजस्व संकलनमा कमी आएको भन्दै अन्य अफठ्याराहरू आएका पनि बताएका थिए।

प्रतिक्रिया लेख्नुहोस्