२०८३ बैशाख २८ गते, सोमबार २१:२९

पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिने सरकारको निर्णय

काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षित्र सत्रमा कक्षा १-५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ।

मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो तर आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाइको जिम्मा निजी क्षेत्रलाई उक्त निर्णय गरेको हो।

मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ। निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो।

निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्नेछ।

केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्नेछ । यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो।

हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाईको जिम्मेवारी दिइएको सरकारले जनाएको छ। तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM