२०८३ बैशाख २८ गते, सोमबार २१:२८

वीरगंजमा चिनिको कृत्रिम अभाव, कालाबजारीहरू मालामाल- उपभोक्ता मारमा

वीरगंज/ सीमा क्षेत्रबाट हुने तस्करीमा कड़ाई भएको भन्दै वीरगंजका कालाबजारीयाहरूले चिनीको कृत्रिम अभाव सिर्जना गरेपछि उपभोक्ताहरू थप मारमा पर्ने भएका छन्।

सरस्वती पूजाको पूर्व संध्यामा प्रसादका लागि बुनिया लगायतका मिठाई बनाउन चिनीको खपत अन्य दिनभन्दा बढ़ी हुने देखेर चिनीका थोक बिक्रेताहरूले चिनी सकिएको भन्दै कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ताहरूलाई ठगी गरिरहेको आरोप आम उपभोक्ताहरुले लगाएका छन्।

अन्य दिन प्रतिकीलो ७६ रुपैयाँमा पाइने चिनी बुधबार प्रतिकीलो ८५ रुपैयाँसम्ममा कालो बजारीयाहरुले बेचिरहेको उपभोक्ताहरू बताउँछन्।

उपभोक्ता हितका नाममा खुलेका अनेक सरकारी एवं गैर सरकारी नियमक निकाय कालोबजारीमा पनि मौन बस्नुले अनेक आशंका उब्जिएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM