Sunday, March 16, 2025
घरक्राइम चेकदुई करोड भन्दा बढ़ीको सामानसहितको तीन वटा ट्रक बरामद

दुई करोड भन्दा बढ़ीको सामानसहितको तीन वटा ट्रक बरामद

वीरगंज/ पर्सा प्रहरीले दुई करोड १२ लाखभन्दा बढ़ी मूल्य बराबरका लत्ताकपड़ा लगायतका सामानहरू बोकेको तीन वटा ट्रकलाई शंकास्पद बिल बिजकसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्जको विभिन्न ट्रान्सपोर्टबाट सामान लोड गरी छुटेका ट्रकलाई वीरगंज-२६ चण्डाल चोकमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा बीआर ०५ जी ९४९१ नम्बरको पिकअप, ना ५ ख ३८४७ नम्बरको मालवाहक ट्रक र वडा नम्बर १० आदर्शनगर स्थित बा.प्र. ०३–००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

के इन्टरप्राइजेज ट्रासपोर्ट, बीएस ट्रान्सपोर्टबाट पठाइएको ट्रक र पिकअपमा लोड गरिएको २ करोड १२ लाख ९२ हजार ४ सय ५२ रुपैयाँ बराबरको सामानको बिलबिजक शंकास्पद देखिएपछि आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -