२०८३ बैशाख ३१ गते, बिहीबार २१:४७

बालेन्द्रलाई ७ करोडको गाडी दिने मालपानीका करेन्ट र लाली चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले कमलकिशोर मालपानीको यशोदा फुड्स प्रालिद्वारा उत्पादित गुणस्तरहीन करेन्ट र लाली चाउचाउ फिर्ता गर्न आदेश दिएको छ ।

बिहीबार बिभागले नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड अनुसार नपाइएकाले करेन्ट चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभाग वा अन्तर्गतका निकायबाट बजार अनुगमन र गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएकोे खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा करेन्ट चाउचाउमा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नपाइएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम उक्त व्याच नं. का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ ।

साथै ती ब्याच नम्बरका चाउचाउ बिक्री वितरण नगर्न नगराउन समेत बिभागले आदेश दिएको छ । यशोदा फुड्स प्रालिका संचालक कमलकिशोर मालपानीले प्रधानमन्त्री वालेन्द्र शाहलाई गएको चुनाव प्रचारमा प्रयोग गर्न ७ करोडको ल्याण्डरोभर गाडी दिएका थिए । मालपानीको गाडी प्रयोग गरिएको बिषयमा बिवादमा परेपछि फिर्ता गर्न बाध्य भएका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM