२०८३ बैशाख ३१ गते, बिहीबार २०:०७

प्रधानमन्त्री लक्षित हर्क साम्पाङको कटाक्ष- आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आक्रोस व्यक्त गरेका छन्।

उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री सदनमा नआउनु संसद्को मर्यादा र परम्परा विपरीत भएको बताएका हुन्।

‘उहाँले छलफल सुन्नुभएन तर उत्तर दिने बेलामा आउनुहुनेछ भन्ने विश्वास लिएका छौं। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन। आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन मिल्दैन,’ उनले भने।

साम्पाङले सरकारलाई जनउत्तरदायी बन्न र संसद्को गरिमालाई ख्याल गर्न समेत सचेत गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM