वीरगंज/प्रहरीले वीरगञ्जबाट प्रतिबिन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले प्रतिबन्धित भारतीय रु ५ सय दरको २ सय थान नोटसहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगञ्ज् महानगरपालिका–१ छपकैया जटाशंकर साह सोनार छन्।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा चेकजाँचको क्रममा सोनारलाई पक्राउ गरेको हो।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनको साथबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू।५०० दरको नोट २०० थान गरि एक लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको गिरीले बताए।