२०८३ बैशाख २५ गते, शुक्रबार १७:२८

जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन

काठमाडाैँ/जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता रामसहायप्रसाद यादव बनेका छन्। यादव निर्विरोध रूपमा संसदीय दलको नेता बनेका हुन्।

संसदीय दलकाे नेतामा रामसहायप्रसादकाे मात्र नाम दर्ता भएकाे थियाे।

जसपाका अर्का अध्यक्ष अशोक राईले पनि दलको नेतामा दाबी गरे पनि अन्तिम समयमा आफ्नाे नाम फिर्ता लिएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीकाे रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा जसपा पनि रहेकाे छ।

१२ सांसद् रहेकाे जसपा हाल सरकारमा छैन। उसले सरकारमा जाने अथवा नजानेबारे छलफल गर्न पुस १८ र १९ गते बैठक बाेलाएकाे छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM