रौतहट/पूर्वमन्त्री प्रभु साहको गृहनगर रौतहटको मौलापुरमा भएको सड़क ढलान एवं नाला निर्माण कार्यमा ब्यापक अनियमितता र भ्रष्टाचार भएको खबरहरू सार्वजनिक हुन थालेका छन्।
मौलापुर नगरपालिका वार्ड ८ र ९ सोनरनियाको सडक ढलान र नाला निर्माणमा ठेकेदार कम्पनी आश्रय निर्माणले १० करोडको ठेक्का कर बाहेक चार करोड ७८ लाख ५८ हजार सात सय ६९ रुपैयाँमा सम्झौता गरेर मनपरि काम थालनी गरेको बताइन्छ ।
शहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगंजद्वारा २०७८ असार महिनाको २१ गते सम्झौता गरेको आश्रय निर्माणले सम्झौता मिति देखि २४ महिना भित्रमा काम सम्पन्न गर्ने जिम्मा लिएको थियो तर १८ महिनामा हालसम्म उक्त कामको मात्र ३५ प्रतिशत काम सम्पन्न भएको छ ।
सो ढलान र नाला निर्माण कार्यमा लापरवाही भएपछि एकातिर बनाउँदै गर्दा भन्ने अर्कातिर टुट्दै गरेका छन् ।
६ महिना बाँकी रहेको हत्तारमा आश्रयको पेट्टी ठेकेदार राजा गुप्ताले नाला माथि राख्ने सलेबमा एक सिमेन्ट ३ देखि ५ बालुवा र ५ देखि ६ गिट्टी मिसाई सलेब ढलान गरेको तथ्य प्रमाण सहित स्थानीयले जनकारी गराएका हुन् ।
सघन सहरी तथा भवन निर्माणका कर्मचारी र आश्रय निर्माणको कर्मचारीको मिलोमतोमा गुणस्तरहीन काम भई रहेको स्थानीयको आरोप छ । विभागकै मिलोमतोमा ठेकेदारले नियम कानुनको ठाडो उल्लंघन गरेर गुणस्तरहीन सडक निर्माण गरिरहेको आरोप स्थानीयबासीको छ। आश्रय निर्माण सेवा बसुन्धारा ३ कठमाण्डौस्थित रहेको सो निर्माण सेवाले विगतदेखि जाथाभावी काम गर्दै आएको विभिन्न संचारमाध्यममा समाचार सार्वजनिक भएता पनि यस कम्पनीमाथि सरकार र सम्बन्धित निकायले करवाही नगर्नु आफैँमा शंकाको विषय बनेको छ।
टेन्डरमा उल्लेख गरिएको प्रावधान बमोजिम काम नहुँदा स्थानीयले सहरीका इन्जियर र सहरी विकास तथा भवन निर्माण विभागलाई समेत पटक पटक जानकारी गराए पनि सम्बन्धितले कुनै पनि निकायले ध्यान नदिँदा विभागकै मेलोमतोमा गुणस्तरहीन काम भइरहेको स्थानीयले आरोप लगाएका छन्।