वीरगंज/ संसद एवं पूर्व मन्त्री प्रदीप यादवलाई चाचान समूहले भरपूर सहयोग गरिरहेको खुलासा भएको छ।
पूर्वमन्त्री यादवकै शब्दमा भन्ने हो भने यो पर्सा सुनको अण्डा दिने ठाउँ भएको चर्चा सड़कदेखि सदनसम्म गर्दै आएका छन्।
श्रोतले बताएअनुसार चाचान समूहले यसपटक सबै भन्दा बढ़ी चन्दा जसपा पार्टीका नेता प्रदीप यादवलाई रू २५ लाख सहयोग गरेको छ।
एकै पटक लाखौँ सहयोग दिएपछि उनको परिवारमै असन्तोष जन्मिएको छ। चाचान समूहका अध्यक्ष बाबुलाल चाचानको यो निर्णयप्रति उनका भाईहरूले सामुन्ने केहि भन्न नसके पनि उनीहरूमा असन्तुष्टि बढेको स्रोतको दाबी छ।