वीरगंज/ केहि समय यता बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वीरगंजको ड्राईपोर्टमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ।
ड्राईपोर्ट स्थित अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिर बहादुर यादवको कमाण्डमा खटिएको टोलीले बुधबार अटोरिक्सा र टेम्पो चालकहरूलाई एक लाईनमा चलाउने, लेन अनुशासन पालना गर्ने, राति अटो चलाउँदा टल्किने कपडा लगाएर चलाउने, अटो रिक्साको अगाडी पछाडी टल्किने स्टिकर टाँस्ने, साइड लाइट, लुकिंग ग्लास, बैकलाइट, गाडीको कंडीसन इत्यादि दुरुस्त राखेर मात्र चलाउने, अटो रिक्सामा क्षमताभन्दा बढ़ी यात्रु वा सामान लोड नगर्ने भनि सवारी दुर्घटना न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।