२०८३ जेष्ठ १ गते, शुक्रबार १९:४७

युवाहरूलाई सानो अपिल !

– प्रशान्त महासागर

बालेन, हर्क अनि बिरेन्द्र हमाल आँट हो, जित होईन् । हुन त आउने चुनावी मैदानमा धेरै युवाहरू कुनै न कुनै पार्टीसँग आवद्ध भई वा केही न केही सोचसँग आक्रोशित भई अगाडि हुत्तिएका छन् । घाँटी भन्दा ठूलो हड्डी चपाउने कोसिस छन् जुन महँगो छ । आयस्रोत बन्धकी राखी झेल्नुपर्ने त्यसमा बाध्यता छ । र आय भनेको अहिलेको अवस्थामा जीवन चल्ने इन्धन हो । यहाँ इन्धन सापटीमा पाईदैन् । अत: निश्चय गर्दा सर्वप्रथम धैर्यताको भण्डारण हुनु आवश्यक छ । संकल्प संचय नितान्त आवश्यक छ । यसमा हतास बतास झै हो । उडाएर लान्छ । तर कहाँ……यो समयले देखाउँदै लग्छ । अर्को सिद्धान्त र विचार परिवर्तन वा फेरबदलको भूमरी जीवन भई दिन्छ । जस्मा इमान गुमाउन सके खुशी मिल्ला तर सुख पाईन्छ भन्न सकिन्न । त्यसैले संयमित हुनु अति जरुरी छ । जीवनमा घाँस बन्ने कि रुख त्यो आफैमा भर पर्छ भन्नुको अर्थ व्यवस्थालाई अवस्थामा रुपान्तरण गर्ने जिम्मा अब युवा हो तर त्यो अवस्था घाँस जस्तै हो कि जरा समाएको कुनै बोट । एक सालको कि सय सालको ? प्रश्न हामी छ । जवाफ पनि छ । तर जवाफ दिने तरीका मिलेन् भने जाँचको सार हुन्न । फेल हुन पढ्न थालिईयो भने हाम्रो अवस्था के व्यवस्था के ? जे पाएपनि जे देखेपनि त्यसको प्रयोग हुन्न । त्यस्तै no not again पनि मंसिर ४ कै चीत्कार हो । धेरैले सुन्छन् । तर अफसोचका साथ हामीले त्यसमा पनि गुमाउँछौं । मंसिर ४ पछि हामी प्रजाती प्रजातीका घाँस बन्न पुग्छौं । सायद यो कुरा निराशा लाग्नसक्छ तर यथार्थता त्यही हो । संविधानभित्र व्यवस्थाले हामी जनता अर्ध नागरिक भन्दा माथी मानेका छैनन् । ग्राहक हुन् जनता त्यो भन्दाको दर्जामा हामी परेका छैनौं । र हाम्रो बाटो राजनीतिको त्यता तेर्सेको पनि छैन् । फलत: अवस्थामा सुधार नभएको हो । हामीलाई समानुपातिक परिबन्धमा पारिएको हो । लोग्ने हारे स्वास्नी जित्ने योजनाको चुनाव अहिलेको बनाएईको छ । हाम्रो सोच त्यता कम गएको छ । जोश अन्तै गुमेको छ । जस्को फाईदा अन्य बृद्धाश्रम लिएका छन् । कम्पनी बनेका पार्टीहरुको सेरोफेरोमा हामी छौं । तर कुरा उहीँ जोशकै गर्छौं । जोश मैले स्वतन्त्रता उदाहरण दिएको हुँ । बालेन आँट हो तर केन्द्र सरकारको लागि त्यो जित होईन् । पार्टीको असन्तुष्टता व्यक्ती बनी चिच्याउनु स्वर गुमाउनु हो । सर्वप्रथम यो बुझ्नुपर्यो । साथसाथै तीन तहको सरकारको महत्व र अवस्था जनताले नबुझेकै कारण अहिले जतिपनी प्रतिबद्धता पत्र वा घोषणा पत्रको अध्ययन गर्नुस् स्थानिय सरकार भन्दा माथिका कुनै सरकार प्रदेश वा संघको कसैले बनाएको पनि छैन् । बनाउनुपर्छ कसैले विचार चिन्तन दिएको पनि छैन् । केन्द्र र प्रदेश सरकारको काम के हो ? युवा वा अरु जो कोहि उठेका छन् जुनसुकै कम्पनी वा स्वतन्त्रका उम्मेदवारलाई सोध्नुस् कुरा सत्य कसैको मुखबाट आउँदनन् । राजनीतिमा जति नै पुरानो खेलाडी किन नहोस् विकासको कुरा भौतिकता भन्दा बाहिर भन्नै सक्दैन् । माटोबाट बनेको शरीर माटोकै लागि हो । विकास प्रकृतिको संरक्षण र प्रवर्द्धनको लागि हो जुन हर्कले बोले हामी धेरैले सुन्यौं बिर्सिएयौं । यो हाम्रो कमजोरी हो । अत: यस्ता स-साना कमजोरीलाई सुधारको पुर्वाधार बनाउनुपर्छ । साथसाथै अहिलेको व्यवस्थामा झुन्डिएको समानुपातिक पुर्ण समानुपातिक बनाउनु अति आवश्यक छ । यसको मंसिर ४ मात्र होईन् अर्को दिनहरू निरन्तर युवाले रोज्न सक्नुपर्छ । र युवाले दलिय प्रणालीमा स्वतन्त्रताले हुन्न बुझ्न सक्नुपर्छ । No not again परियोजनाले पनि स्वतन्त्रता त्याग्न सक्नुपर्छ किनभने १६५ सिट प्रत्येक्ष जिते अनि समानुपातिक सिट ११० कस्ले रोक्ने ? १६५ स्वतन्त्र मतभेदलाई ११० समानुपातिक सिटले सहजै जित छ । २७५ सिटमा युवालाई जिताउने क्षेत्रीय योजनाविना अगाडि हुत्तिदा जरा समाएको बोट होईन् घाँस भन्दा माथिको उच्चाई समाउन सक्दैन् ।

अन्तमा, संविधानले तोकिएको दलिय गणतन्त्रमा व्यवस्था गरिएको अर्ध समानुपातिक खारेज गरि पुर्ण समानुपातिकको अपिल साथै योजना साथ युवाहरू अगाडि लाग्नुपर्छ । स्वतन्त्र उम्मेदवारी दिएर समानुपातिक सुरक्षित हुने अर्ध चेतनाको सोच नराखी क्षेत्रीय योजनामै एक ठाउँ एक युवा उठाउने सोचमा युवा अगाडि लाग्नुपर्छ । आखिरमा सबैको एउटै उद्देश्य, लक्ष्य, गन्तव्य र प्राप्ति हो भने फरक फरक बाटो किन हिड्ने ? सबैलाई क्षेत्र नीतिमा उन्ने राजनीति अब युवाले गर्नुपर्छ । अनि मात्र हामी सबै यो देश नागरिक हुनेछ । अन्यथा व्यवस्था जति नै रुपान्तरित भएपनि त्यसले दिने अवस्था शून्य नै हो । केन्द्र, प्रदेश र स्थानीय सरकारको, सबैको एउटै घोषणा पत्र एउटै रहेसम्म हामी यो देशको रैती नै हुनेछ । रैथानेले गुमाएको राजनीति यस्तै हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM