Tuesday, November 26, 2024
घरसमाचारअर्थवाणीसशस्त्रका डिआइजी मगरका घुमुमा थुनामा परेपछि...

सशस्त्रका डिआइजी मगरका घुमुमा थुनामा परेपछि…

वीरगंज/निर्वाचनको मुखमा आएर पनि पर्सा जिल्लाबाट तस्करी कार्य दिनानुदिन अनियन्त्रित रुपमा बढ्दै गएपछि भन्सार राजश्व असुलीमा व्यापक गिरावट आएको छ ।

वीरगंज भन्सार नजिकै सादा पोशाकमा खटिएका दुई जना सशस्त्र प्रहरी पक्राउ परेपछि डीआइजी समेत विवादमा परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीकाबाट सादा पोशाकमा खटिएका बरिष्ठ हवल्दार राजु मगरसहित दुई जनालाई बिहीबार राती वीरगंज भन्सारस्थित इनर्वामा पक्राउ गरिएको थियो ।

भारतबाट सामान ओसारपसार गर्ने मदन गुप्ता रुन्चे र इमरानको सामान सिभिलमा खटिएका मगरको टोलीले बरामद गरे । गुप्ताले भन्सार छलीका कपडा ल्याएका थिए भने इमरानले जुत्ता ल्याएका थिए । सादा पोशाकमा रहेको मगरको टोलीले ती सामान समातेपछि भन्सार वरपर रहेका मानिसहरुले सोधीखोजी गर्न थाले । सोधीखोजी गरेपछि विवाद बढ्दै गयो ।

मधेश प्रदेश बाहिनीका डीआइजी गणेश ठाडामगरले तस्करसँग असुलीका लागि खटाएका उनीहरु सादा पोशाकमा थिए । परिचयपत्र समेत देखाउन सकेनन् । विवाद बढ्दै गएपछि प्रहरीले राजु मगरसहित दुई जनालाई बिहीबार राति पक्राउ गरी थुनामा राख्यो । पक्राउ पर्नासाथ डीआइजी ठाडामगरका घुमुवा भएको खुलेको थियो ।

डीआइजीले मगरले बोर्डर आउट पोस्ट वीरगंज भन्सारका इन्चार्ज रवीन्द्र भट्टलाई फोन गरेपछि उनीहरुलाई थुनामुक्त गरी बीओपीमा ल्याइएको थियो । सशस्त्र प्रहरी निरीक्षक भट्ट आफैं गएर उनीहरुलाई ल्याएका थिए । बरिष्ठ हवल्दार राजु मगर डीआइजी ठाडामगर एसएसपी हुँदादेखि उनका बडीगार्ड हुन् । उनलाई डीआइजी ठाडामगरले विश्वासपात्रका रुपमा घुमुवाको रुपमा समेत अतिरिक्त आम्दानीमा परिचालित गर्दैआएका छन् ।

सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरले भने आफ्नो कुनै पनि जवान थुनामा नपरेको दाबी गरे । डिआइजी मगरले पर्सामा भैरहेको तस्करी सम्बन्धमा आएका केही गुनासाहरुबारे बुझ्न सशस्त्र प्रहरी निरीक्षक लगायत केही प्रहरी कर्मचारी खटाइएको र अवस्था सामान्य देखिएपछि अहिले पर्खिएको बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -