प्रेमचन्द्र झा…
राैतहट। गरुडा नगरपालिका वडा ९ सिसवा धमौरा निवासी छविलाल साह उपचारकाे क्रममा मृत्यु भएको छ । वयाेधा अस्पतालकाे सघन कक्षमा उपचारको क्रममा शुक्रबार राति करिब ८:४५ बजे मृत्युु भएको वहाँको छोरा संजयकुमार साहले जानकारी दिनु भयो ।
हैण्डपाईप जडानको विषयमा गत अशाेज २६ गते बुधबार विहान ८ बजे ज्यान मार्ने उदेश्यले गाऊँकै केहि व्यक्तिले फलामको रड र घरेलु हतियारबाट आक्रमण गरि गम्भीर घाइते बनाएका थिए ।५२ बर्षिय साहकाे साेहि दिन देखि बयोधा होस्पितल बिरगंजमा भर्ना गरी उपचार भई रहेको थियो । लामो समय देखि अचेत अवस्थामा उपचार भई रहेको थियो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरको निर्देशनमा घटनामा संलग्न व्यक्तिहरु उपर ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता भएको थियो । सो घटनाको जाहेरी दर्ता भए लगत्तै आरोपी संलग्न दोषिलाई पक्राउ गर्न प्रहरी प्रयासरत रहेका छन् । आरोपी मध्येका विसुनदयाल यादवलाई प्रहरी नियन्त्रणमा लिन सफल भएको र बाँकीको खाेजी तथा घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।