Wednesday, January 8, 2025
घरप्रदेशमजदूरको बोनसमाथि प्रहरी उपरीक्षक बोगटी र संघाईको रजाईं

मजदूरको बोनसमाथि प्रहरी उपरीक्षक बोगटी र संघाईको रजाईं

बारा/ वर्षदिन रगत पसिना बगाएर काम गर्ने मजदूरहरूले नियमानुसार पाउनु पर्ने बोनस पचाउने दाउमा रहेका बाराको छातापिपरा स्थित त्रिवेणी स्पिनिङ मिलका मालिकलाई बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बर्दीको दुरूपयोग गर्दै संरक्षण दिएका छन्।

प्रहरी उपरीक्षक बोगटी र त्रिवेणी स्पिनिङ मिल्सका संचालक रामचन्द्र संघाई मिलेर मजदूरको बोनसमा रजाई गर्न थालेपछि

सो उद्योगमा कार्यरत लगभग १५ सय मजदूरहरू दिपावली र छठ राम्ररी मनाउन नपाउने भएका हुन्।

वैश्विक महामारीको समयमा “पास” दुरूपयोग गरि जुवाको खालबाट गिरफ्तार भई पाँच दिन थुनामा बसेका अर्बपति रामचन्द्र संघाईको सानो “चारा” मा फसेर प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चुनाव जस्तो महत्वपूर्ण समयमा आफ्नो हर्कतले सरकारलाई बदनाम मात्र गराएका छैनन्, बारा पर्सामा बाम लोकतान्त्रिक गठबंधनलाई क्षति पुर्याउने काम समेत गरेका छन्।

बोनसको कुरालाई लिएर त्रिवेणी स्पिनिङ मिलका व्यवस्थापन पक्ष र मजदूरहरू बीच दशैँताका देखि नै विवाद चलिरहेको थियो ।

तिहार अगाडी बोनस सम्बन्धी समस्या समाधान गर्न व्यवस्थापन पक्षले मजदूरहरूलाई अश्वासन दिएको भएता पनि पुरा गरेन । बुधवार बेलुका उद्योग तर्फका मैनेजर अशोक शर्मा, महाप्रबंधक सतिश शर्मा, प्रविधिक शाखा प्रमुख एम. के. दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठलाई मजदुरहरुले हाम्रो समस्या सामाधान नगरी तपाईहरु उद्योग परिसर बाहिर जान पाउनु हुन्न भनी अडान राखेर राती कारखाना बाहिर जान दिएनन् । व्यवस्थापन पक्ष राती आफु कार्यरत भवनमै बसेर रात बिताउन बाध्य भए ।

बिहिबार त्रिवेणी स्पिनिङ्गका प्रोप्राईटर उद्योग वाणिज संघका उपाध्यक्ष रामचन्द्र संघाई आफै जिल्ला प्रहरी कार्यालय बारामा गई प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई भेट्न पुगे ।

संघाई संग बैग बोकेको एकजना मान्छे पनि साथमा रहेको हाम्रो स्रोतको दाबी रहेको छ ।

प्रहरी उपरीक्षक बोगटीसंग भेटेर रामचन्द्र संघाई होटेल इच्छामा आराम फरमाउन गए भने एस.पी आफ्नो कमाण्डमा लगभग डेढ सय फोर्स लिएर आफैँ अश्रु ग्यासको गोला पड्काउँदै महिला तथा पुरुष मजदूरहरू माथि अन्धाधुन्ध लाठी प्रहार गरि व्यवस्थापन ब्लकमा आराम फरमाईरहेका सबैलाई बाहिर ल्याए।

प्रहरी उपरीक्षक बोगटीले मीडियामा बन्धक (Hostagee) मा राखिएको कर्मचारीलाई छोड़ाउन जाँदा लगभग एक दर्जन प्रहरी घाईते भएको र प्रहरीमाथि आक्रमण गर्न खोज्ने सात जनालाई गिरफ्तार गरि ल्याएको जानकारी गराए।

प्रहरीको लाठी प्रहारबाट घाईते भएका मजदूरहरूको विवरण बोगटीले सार्वजनिक गर्न मानेनन्। शुक्रवार गिरफ्तार गरेका मजदूरलाई छोड़ाउन कलैया जान हिंडेका मजदूरहरूलाई गण्डक नजिकै बीच बाटोमा जबरजस्ती बस रोकेर पैदल हिंडाएको भिडियो सामाजिक संजालमा सम्पूर्ण नागरिकले हेरेर प्रहरीको निंदनीय कार्यलाई भत्सर्ना गरेका छन्।

प्रहरी उपरीक्षक बोगटीले संजय कुमार यादव, ओम प्रकाश मिश्र, राजेश यादव, अमलेश पाण्डे, बृजकिशोर साह र सोनालाल यादवलाई अभद्र व्यवहार गरेको भनि मुद्दा चलाएका छन्।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको आफ्नो तिहार सपार्ने र मजदूरको चाडपर्व बिगार्ने अमानवीय करतूतको बारेमा गृहमन्त्री बालकृष्ण खांडलाई स्थानीय नेताहरूको माध्यमबाट जानकारी भएपछि हिरासतमा रहेका मजदूरहरू आइतवार रिहा हुने भएका छन्।

बोगटीले मजदूरहरूमाथि दमन गर्नको निम्ति जिल्ला प्रहरी कार्यालय बारासहित सिमरा, जीतपुर, परवानीपुर र सशस्त्र प्रहरीबलबाट नपुगेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट समेत थप मद्दत मागेका थिए ।

प्रहरीको बर्बर दमनमा परेर अनिल मिश्र, हरि किशोर मंडलको टाउको फुटेको छ भने भागवत महतो चौहान, अनिरुद्ध यादव, नासीर हुसैन, रीमा कुमारी चौधरी, निर्मला महतो धाँगर, कृपा चौधरी, चन्दा चौधरी, मधु चौधरी, उषा चौधरी, रूबी नेपालीलाई भित्री चोट लागेको र मनोज मिश्रको पेटमा गोलिको छर्रा लागेको बुझिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -