२०८३ बैशाख २६ गते, शनिबार ००:३९

रौतहटमा माओवादी केन्द्रले प्रभु साहलाई सघाउने

काठमाडौं। माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको छ। आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक रुपमा यस्तो निर्णय गरेको स्राेतकाे भनाइ छ। केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो।

यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ। साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ। जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM