२०८३ बैशाख २६ गते, शनिबार ०५:४०

युवा नेता दिलिपराज कार्की र व्यवसायी नवनीत अग्रवाल प्रदेशसभा सदस्यमा सिफारिश

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २१ भाद्र/ आउँदो मंसिर ४ गते हुन लागेको प्रदेश/प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि पर्साको निर्वाचन क्षेत्र नं. १ ख बाट युवा नेता दिलिप राज कार्की समानुपातिक उम्मेदवार सिफारिशमा परेका छन्।

त्यसैगरी युवा व्यवसायी एवम् समाजसेवी नवनीत अग्रवाल निर्वाचन क्षेत्र नं. २(ख) बाट समानुपातिक तर्फ सर्वसम्मति सिफारिशमा परेका छन्।

नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति अरबिन्द कुमार गुप्ताको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमिति बैठकले युवा नेता कार्कीलाई समानुपातिक खस आर्यमा प्रदेशसभा सदस्यको लागि सिफारिश गरेको हो।

त्यसैगरि नेपाली कांग्रेस पर्साको २ नम्बर क्षेत्रीय समितिको सर्वसम्मत निर्णयले अग्रवाल निर्वाचन क्षेत्र नं. २ (ख) बाट समानुपातिक तर्फ सिफारिस भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश क्यापिटल मार्केट समितिका संयोजक समेत रहेका युवा व्यवसायी अग्रवाल विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही लोकप्रियता हासिल गरेका व्यक्ति हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM