चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ४ भाद्र/आफूलाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नाजिकको मान्छे भएको भन्दै एकजना द्वैध नागरिकको अवैध कारोबार दिन दुई गुणा रात चौगुनाको गतिमा फस्टाएको छ।
पूर्व प्रम माधव नेपालको निर्वाचन क्षेत्र नं.१ रौतहट सादरमुकाम गौर वड़ा नम्बर १ घर भएका मुकेश अग्रवालले श्रीमति र सन्तान सहितको भारतीय मतदाता नामावलीमा नाम दर्ज गराएर दोहोरो नागरिक बनि नेपालमा अवैध कारोबार संचालन गरिरहेका खबरहरू सार्वजनिक भएका छन्।
अग्रवाल तीन पुस्ते वंशज नेपाली नागरिक भए पनि नेपालमा कारोबार गरि कमाएको अवैध सम्पत्ति थुपार्न र अवैध धन्दा संचालन गर्न भारतीय मतदाता नामावलीमा समेत नाम लेखाएका हुन्।
हात्तीको दुई वटा देखाउने दाँत भए झै अग्रवालले कपड़ा ब्यापारको आडमा हुण्डी कारोबार समेत गर्दै आएका छन्।
आफ्नो द्वैध नागरिकता एवं अवैध कारोबारको संरक्षण पूर्व प्रम माधव नेपालबाट हुने भन्दै आउनै लागेको निर्वाचनमा माधव नेपाल समूहलाई मारवाड़ी व्यापारिक घरानाबाट चुनावी खर्च देखि मतदानमा सघाउने तय भएको भन्दै अग्रवालले चुरीफुरी बढ़ाएको स्थानीयहरू बताउँछन्। पूर्व प्रमको नजिकको मान्छे भएको भन्दै स्थानीय प्रहरी प्रशासन समेतलाई प्रभावमा राखि अग्रवालको अवैध धन्दा निर्वाध रुपमा चलिरहेको छ।
मुकेश आफू मात्र नभई गौर बजारको थुप्रै मारवाड़ी व्यापारीहरूले दुबै देशको नागरिकता लिएको खुलाशा गर्दै पूर्व प्रधानमंत्री माधव नेपालको नजिकको भएकोले कसैले आफ्नो केहि बिगार्न नसक्ने भन्दै हिंड़ने गरेका छन्।