२०८३ बैशाख २६ गते, शनिबार ०७:५१

वीरगंज महानगरका निर्वाचित वड़ाध्यक्षद्वारा राजीनामा

वीरगंज,०२ भदौ : वीरगंज महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेको घोषणा गरेका छन्। यसका साथै उनले वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको घोषणा गरेका छन् ।

मधेश खबरमा प्रकाशित समाचार अनुसार बिहीबार साँझ सामाजिक सन्जाल फेसबुकमा राजिनामा पत्र पोस्ट गर्दै यादवले आफुले आजकै मिति देखि जसपा पार्टीमा नरहेको र वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको बताएका छन्।

जसपा पर्साका अध्यक्षलाइ सम्बोधन गर्दै लेखिएको राजिनामा पत्रमा यादवले आफ्नो स्वास्थ्य ठिक नभएकोले आजका मिति देखि आफु जसपा पार्टीमा नरहेको र वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको बताएका छन्।

गत बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा यादव वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षमा जसपाबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

वडाध्यक्ष यादवको राजीनामा पत्र

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM