काठमाडौँ/महिला सेवाग्राहीले याङ्गो अनलाइन बुकिङ गरी सेवा लिने क्रममा उनको फोन नम्बरमा कल तथा म्यासेजद्वारा अश्लील,अपशब्द बोली दुर्व्यवहार गरेको आरोपमा चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको तामाकोसी गाउँपालिका-४ घर भई बा.प्र.०१-००२ ज ७९४८ नम्बरको याङ्गो चालक ४१ वर्षीय शिव कुमार खड्का रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेका चालक खड्कामाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।















