काठमाडौँ/कपिलवस्तुमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
महाराजगंज नगरपालिका-६ मा तौलिहवा बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको लु. ३६ प १९९४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया सबिता रैदास छिन्। उनको आइतबार राति मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।















