२०८३ जेष्ठ १२ गते, मंगलवार १३:०१

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगंजबाट पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

पर्सा प्रहरीले दिएको जानकारीअनुसार सम्मानित बारा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई हालसम्म फरार रहेका बैंकिङ कसूर मुद्दाका प्रतिवादीलाई मिति २०८३ जेठ १२ गते पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १३ बस्ने वर्ष ५३ का धनराज ठाकुर रहेका छन्। उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM