२०८३ जेष्ठ ११ गते, सोमबार १८:४३

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता, आज पनि हिरासतकै बास

वीरगंज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाईंविरुद्ध साइबर अपराध (विद्युतीय कारोबार ऐन) र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता भएको पर्सा प्रहरीले जनाएको छ।

अदालतमा मुद्दा दर्ता भएसँगै सोमबार उनलाई बयानका लागि उपस्थित गराइएको थियो। तर, समय अभावका कारण आज बयान नसकिएपछि भोलि मंगलबार पुनः उपस्थित गराउने गरी अदालतले प्रसाईंलाई न्यायिक हिरासतमै राख्न प्रहरीलाई आदेश दिएको छ।

प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गत जेठ ४ गते वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको थियो।

उनले सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्ध सामाजिक सद्भाव बिगार्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने तथा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने खालका आपत्तिजनक अभिव्यक्ति दिएको प्रहरीको दाबी छ। सोही आधारमा उनीमाथि साइबर र राज्यविरुद्धको कसुरमा कानुनी कारबाही अगाडि बढाइएको हो।

प्रतिक्रिया लेख्नुहोस्

दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा, विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय

काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का

दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा, विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय

काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का

Live

Listen Live FM