२०८३ जेष्ठ १० गते, आईतवार २२:०९

राजनीतिक दबाबले रोकियो नाटक ‘लुसिफर राइजिङ’को प्रदर्शन

काठमाडौँ/थापागाउँमा रहेको ‘एक थिएटर नेपाल’मा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ को प्रदर्शन राजनीतिक दबाबका कारण रोकिएको छ।

थिएटरका सञ्चालक निरज सुब्बाले नाटक रोकिएको जानकारी निर्देशकबाट थाहा पाएको जानकारी दिए। ‘नाटकका निर्देशक सहलेसले राजनीतिक दबाबका कारण नाटक रोकिएको जानकारी दिएका छन्,’ सुब्बाले भने।

नाटकको प्रदर्शन अनिश्चित कालका लागि रोकिएको हो।

नाटकलाई लिएर पछिल्लो समय ज्यान मार्ने धम्की आए पछि कलाकारहरू तनावमा परेका थिए। नाटकमा संलग्न एक जना कलाकारले शनिबार इन्स्टाग्राममा नाटकमा आवद्ध नहुने जानकारी दिएका थिए। कतिपय व्यक्तिहरूले थिएटरमै आएर नाटक नचलाउन दबाब दिएका थिए।

यसबाहेक व्यक्तिगत फोनमा समेत सम्पर्क गरेर निर्देशक सहलेसलाई थर्काइएको थियो।

शिल्पी थिएटरका प्रमुख तथा नाट्यकर्मी घिमिरे युवराजले सिर्जनाप्रति राज्यको दृष्टिकोणले विरोधका आवाजलाई जुनसुकै रूपमा रोक्न खोजिएको देखिएको बताए। उनले ‘लुसिफर राइजिङ’ रोकिनु प्रजातान्त्रिक राज्यका लागि गलत भएको बताए। ‘सिर्जनालाई बन्देज गरेर कुनै पनि राज्य बलियो हुन सक्दैन,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM