काठमाडौँ/पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण कसुरमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ११ जेठमा सरकार र देउवालाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।
अनुसन्धानको मिसिल हेरी अपनाइएका प्रक्रियाको समेत परीक्षण गरी अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नु पर्ने अवस्था देखिएको भन्दै छलफलमा बोलाउनले आदेश गरेको हो ।















