२०८३ जेष्ठ ५ गते, मंगलवार १५:२१

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित दियालो होटल बाट पक्राउ गरेपछि पर्सा प्रहरी यतिबेला उनीमाथि कुन कसुरमा मुद्दा चलाउने भन्ने विषयमै कानुनी परामर्श र आन्तरिक छलफलमा जुटेको स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतका अनुसार प्रसाईंलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइए पनि मङ्गलबार दिउँसो १ बजेसम्म सम्म उनीविरुद्ध कुन मुद्दा दर्ता गर्ने? कति दिनको म्याद थप माग गर्ने? तथा अदालतमा कुन आधारसहित उपस्थित गराउने? भन्ने विषय टुंगो लागिसकेको छैन। यस विषयमा सरकारी वकिलको कार्यालयसँग समेत कानुनी राय-परामर्श भइरहेको बताइएको छ।

प्रसाईंले मंगलबार वीरगञ्जस्थित गहवा माई मन्दिर तथा महावीर मन्दिरमा पूजा एवं सार्वजनिक कार्यक्रम गर्ने तयारी गरेका थिए। त्यसका लागि जिल्ला प्रशासन कार्यालय पर्साले अनुमति दिएको थियो । तर निर्धारित कार्यक्रमभन्दा एक दिनअघि नै प्रहरीले उनलाई होटलबाट नियन्त्रणमा लिएपछि वीरगञ्जको वातावरण केही समय तनावग्रस्त बनेको थियो।

प्रसाईंका समर्थकहरूले सोमबार राति अबेरसम्म तथा मंगलबार बिहान केहीबेर वीरगञ्जका विभिन्न क्षेत्रमा प्रदर्शन र नाराबाजी गरेका थिए। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले मुख्य चोक तथा संवेदनशील क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो। सुरक्षा निकायको सक्रियतापछि अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यता, प्रसाईं पक्राउ प्रकरणलाई लिएर सामाजिक तथा कानुनी वृत्तमा समेत बहस सुरु भएको छ। वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपाली, अधिवक्ता सुरेन्द्र कुर्मी लगायत विभिन्न पेशागत संघ–संस्था तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाप्रति आपत्ति जनाउँदै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा टिप्पणी गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM