२०८३ जेष्ठ ४ गते, सोमबार १३:२०

बैंकिङ कसुरमा फरार ठाकुर वीरगंजबाट पक्राउ

वीरगंज । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–११ निवासी ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान करिब ७ बजे आफ्नै निवास क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पर्सा जिल्ला अदालतको फैसलाअनुसार ठाकुरलाई बैंकिङ कसुर मुद्दामा १ महिना कैद तथा ९ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM