२०८३ जेष्ठ ३ गते, आईतवार १०:५८

केन्द्रीय कारागारबाट महिला कैदी फरार

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना कैदी भागेका छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार भएकी हुन् ।

शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले बताए ।

नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको केन्द्रीय कारागारका अधिकारीहरू बताउँछन् । त्यसबारे अनुसन्धान भइरहेको एसएसपी धितालले बताए ।

केन्द्रीय कारागारको सुरक्षा प्रमुखमा डीएसपी शैलेश न्यौपाने छन् । केन्द्रीय कारागारस्थित महिला बन्दी गृहमा २०८२ फागुन १ मा पनि झडप भएको थियो । महिला बन्दी गृहमा ३ सय जना भन्दा बढी महिला कैदी बन्दीलाई राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM