काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ८०० र चाँदी ११० रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २० कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे पाँच हजार १३० मा कारोबार भएको थियो।
गत मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० मा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















