२०८३ जेष्ठ २३ गते, शनिबार २१:३४

विमानस्थलबाट करिब ८ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आउन लागेका एक भारतीय नागरिक ठूलो परिमाणको भारतीय मुद्रा सहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश राज्यको प्रकाशम जिल्लाका ५९ वर्षीय भीमा श्रीनिवास रहेका छन्। उनी बुद्ध एयरको उडान नम्बर यु–४ ८६० मार्फत शुक्रबार दिउँसो काठमाडौं प्रस्थान गर्ने तयारीमा रहेका बेला सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको ह्यान्ड ब्यागेज एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा श्रीनिवासले बोकेको खैरो रङको हाते झोलाभित्र ५०० दरका एक हजार ५९० थान भारतीय नोट फेला परेको थियो। बरामद रकमको कुल मूल्य ७ लाख ९५ हजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नेपाली कानुनअनुसार तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा बोकेर यात्रा गरेको आशंकामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत, उद्देश्य तथा नेपाल भित्र्याउने प्रक्रियाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

हाल श्रीनिवासमाथि विदेशी मुद्रा सम्बन्धी प्रचलित कानुन अन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM