२०८३ जेष्ठ २४ गते, आईतवार १९:४५

बालिकालाई जबरजस्ती स्पा एण्ड थेरापीमा अनैतिक कार्य गर्न लगाउने ‍व्यक्ति पक्राउ

ललितपुर। बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने ललितपुर महानगर २ सानेपा अरुणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापीको संचालिका पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका ३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाल रहेका छन्। स्पा सेन्टरमा स्टाफको रुपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM