२०८३ बैशाख १७ गते, बिहीबार १६:३५

जबरजस्ती करणी मुद्दामा फरार महिला पक्राउ

वीरगंज/अपहरण तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा फरार रहँदै आएकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय विर्ताबाट प्राप्त जानकारीअनुसार बुधबार वडा प्रहरी कार्यालय तथा अस्थायी प्रहरी पोष्ट भकुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज-३ छपकैया टोल बस्ने अन्दाजी २० वर्षीया रुबी खातुनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार खातुन उक्त मुद्दामा फरार सूचीमा रहँदै आएकी थिइन्। गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकी खातुनलाई आवश्यक थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM