Wednesday, November 27, 2024
घरसमाचारअर्थवाणीपर्साको यी नाकाबाट चुनावको मुखमा प्रतिबन्धित पेयपदार्थ, कपड़ा र भैंसीको तस्करी

पर्साको यी नाकाबाट चुनावको मुखमा प्रतिबन्धित पेयपदार्थ, कपड़ा र भैंसीको तस्करी

क्राइमचेक प्रतिनिधि/
वीरगंज, २० वैशाख । आसन्न स्थानीय तहको चुनावमा होमिएको समयमा पर्साको विभिन्न नाका तस्करहरूको लागि खुल्ला गरिएको छ ।

चुनावलाई लिएर शान्ति सुरक्षा एवं सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रणमा शून्य सहनशीलता अपनाउनु पर्ने समयमा पर्साको वीरगंज छपकैया, सिर्सिया, ड्राईपोर्ट, प्रसौनी नाका यतिखेर तस्करहरूको लागि सुरक्षित नाकाको रुपमा प्रयोग गरि प्रतिबन्धित पेय पदार्थ “रेड बुल” देखि कपड़ा र मासुजन्य चौपाया भैंसी समेतको लागि “लाइन” नै लिएर तस्करी धन्दा निर्वाध रुपमा संचालनमा आएका छन् ।

पर्साको वीरगंज छपकैया नाकाबाट विवेक भन्ने तस्करले कपड़ा तस्करीको लाइन पाएका छन् । विवेकले छपकैया, सिर्सिया, ड्राईपोर्टको रूटबाट तस्करीको इजाजत पाएका छन् भनें विवेककै सहकर्मी रंजीतलाई कपड़ा र जुत्ता तस्करी गरि नेपाल भित्र्याउने लाइन दिइएको छ ।

त्यस्तै सोही क्षेत्रबाट मञ्जुलाई भेटनरीका सामान देखि मोबाइल, कम्प्यूटर पार्ट्स (हार्डडिस्क, मदरबोर्ड, एसएसडी)लगायत र हार्डवेयर सामग्री तस्करी गरि नेपाल ल्याउन लाइन दिइएको बताइन्छ ।

विवेक, रंजित र मञ्जुले मात्र ती नाकाबाट दैनिक लाखौं मूल्य बराबरको भन्सार छलि गरि कपड़ा, जुत्ता चप्पल, कम्प्यूटर पार्ट्स, हार्डवेयरका सामान भित्र्याउदै आएका छन् ।

त्यस्तै नेपालमा प्रतिबन्ध गरिएको पेय पदार्थ “रेडबुल” भारतबाट तस्करी गरि नेपाल भित्र्याउने लाइन पशुपति यादवले पाएका छन् । पशुपति यादवको लाइनबाट दैनिक लाखौं रुपियाँ बराबरको प्रतिबन्धित रेड बुल नेपालमा भित्र्याई बेचबिखन हुने गरेको पाइएको छ ।

सरकारले २ असार २०७६ मा राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा क्याफिनयुक्त पेय पदार्थ बिक्री वितर तथा आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। तर सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीको सहयोगमैं क्याफिनयुक्त रेडबुल नेपाल भित्र्याएर जनताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड़ गर्ने काम भैरहेको पाइएको छ ।

नेपाली सीमावर्ती क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीका ड्यूटी, युनिट प्रमुख हुँदै जिल्ला प्रमुख देखि प्रदेशको डिआईजीसम्मलाई प्रभावमा पारेपछि मात्र आफूले रेड बुल भित्र्याउने “लाइन” पाएको रेडबुल तस्करीका मुख्य नाइके पशुपति यादवले बताए ।

त्यस्तै ड्राईपोर्ट स्थित सशस्त्र प्रहरी र प्रहरी चौकी अलौंलाई मिलाएर ड्राईपोर्ट क्षेत्रबाट कपडाको तस्करी गर्ने लाइन पाउने भाग्यमानी तस्कर हुन् विशाल । यिनले पनि दैनिक ठूलो परिमाणको कपड़ा भन्सार राजस्व छलि गरि नेपाल भित्र्याउने गरेका छन् ।

उता सीमावर्ती क्षेत्र प्रसौनीबाट नौसाद, नूर आलमलगायतले मासुजन्य चौपाया रांगा भैंसी तस्करीको लाइन पाएका छन् । सीमावर्ती क्षेत्रमा खटिएका प्रहरी देखि मधेश प्रदेशका सशस्त्र र नेपाल प्रहरीका डिआईजी सम्मको भाग भेटि चढ़ाएर हप्तामा दुई दिन लाग्ने पशु हाटको लागि ठूलो संख्यामा रांगा भैंसी तस्करी गरि नेपाल भित्र्याउने गरेका छन् ।

तस्करहरूले पर्साको ग्रामीण भेग अमरपट्टी, झौवागुठी बार्वा हुँदै तिलावे नदीको किनाराबाट परवानीपुर भैँसी बजारसम्म अवैध तरिकाले पुुर्याउने गरेका छन् ।

चुनावको समयमा मतदातालाई रिझाउन मासु, रक्सी लगायतका भतेर गर्न उम्मेदवारहरूलाई मासु जन्य वस्तुहरुको अपूर्ति गर्न तस्करहरूलाई भ्याई न भ्याई भैरहेको छ ।

यही वैशाख ३० गते हुन लागेको चुनावलाई कसरी व्यवस्थित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने भन्नेमा सरकार र निर्वाचन आयोग केन्द्रित भइरहेको समयमा सीमा नाकामा तस्करहरूको जिम्मा लगाएर प्रहरी निदाउनु भनेको शान्ति सुरक्षामाथि गम्भीर खतराको रुपमा लिइएको छ ।

थप समाचार आउन बाँकी छ, चन्द्रसूर्य वाणी र क्राइम चेक पढ्दै गर्नु होला…!

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -