Tuesday, November 26, 2024
घरसमाचारकृषिबारा र पर्साका किसान मकै बाली भित्र्याउन व्यस्त

बारा र पर्साका किसान मकै बाली भित्र्याउन व्यस्त

वीरगंज/बारा र पर्सा जिल्लामा मकैको उब्जनी बढ्दै गएको छ । यस वर्षको लामो शितलहर (चिसो)का कारण मकैको घोगा लागेर पनि गेडा नलागेको पनि पाइइो । शितलहरले असर नपारेको मकै भने गत वर्षको दाँजोमा राम्रो उत्पादन भएको किसानले बताएका छन् ।

यतिखेर किसानहरू मकै भाँच्ने मेशिसबाट मकै छोडाउने र बजारमा लगेर बिक्री गर्न व्यस्त छन् । अहिले बारा र पर्साको मकै खेत मकै नंग्याएर राखिएकोले पहेलपुर छ । घरको आंगनमा मकै थुपारिएको छ । मकै बिक्री गर्ने काममा किसानहरू व्यस्त छन् । मकैको भाउ घटेको छ । शुरुका दिनमा २२।५० प्रति किलोको मकैको भाउ अहिले २०।५० छ ।

मकैको गोलावालाले विगतमा झैं यस वर्ष पनि मकैको भाउ घटाएर किसानको नाजायज शोषण गर्ने काम गरेका छन् । गत वर्षको दाँजोमा यस वर्ष मकैको उत्पादन वृद्धि भएको छ । मकैको खोया कुनै उपयोगमा नआएको कारण खेर गएको छ । मकैको खोयाबाट ब्रिकेट बनाएर खाना पकाउन सकिन्छ तर त्यसतर्फ उद्यमीको ध्यान गएको छैन । मकैको ढोड खेतमा थुपारेर आगो लगाउने गरिएको छ । मकैको ढोडबाट कम्पोष्टमल बनाउन सकिन्छ ।

नेपाल मकैमा आत्मनिर्भर छ । मकैको उत्पादन वृद्धितर्फ जोड दिन आवश्यक छ । मकै फल्ने खेत बाँझो रहनु, नेपाल मकैमा आत्मनिर्भर नहुनु एउटा बिडम्बना नै हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -